Loading

मौसम चेतावनी: कर्णालीका पहाडी भू-भागमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मौसम चेतावनी: कर्णालीका पहाडी भू-भागमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कालीकाेट भाद्र २९ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम चेतावनी नक्सा अनुसार आज कर्णाली प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ

महाशाखाले २०८३ भाद्र २९ गते सोमबार बिहान ८ बजे जारी गरेको तीन दिने मौसम पूर्वअनुमान बुलेटिन अनुसार आज दिउँसो कर्णालीका साथै कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ

कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हुन सक्ने भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव तथा नदी नालाहरूमा जलस्तर बढ्न सक्ने जोखिम रहेकाले तटीय तथा भिरालो जमिन आसपासका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ

मौसम चेतावनी नक्सा अनुसार भोलि भाद्र ३० गते मङ्गलबार र ३१ गते बुधबार भने कर्णाली प्रदेशमा भारी वर्षाको चेतावनी हट्ने अनुमान गरिएको छ। मङ्गलबार र बुधबार मुख्य गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना रहने पूर्वानुमान छ

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार