Loading

सामाजिक विकास कार्यालयद्वारा विद्यालय भवन निर्माणका लागि Hard Copy बोलपत्र आह्वान

सामाजिक विकास कार्यालयद्वारा विद्यालय भवन निर्माणका लागि Hard Copy बोलपत्र आह्वान

कालीकोट भाद्र २९ गते । सामाजिक विकास कार्यालय कालीकोटले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि जिल्लाका विभिन्न सातवटा विद्यालयका भौतिक पूर्वाधार निर्माण कार्य गर्न बोलपत्र (Tender) आह्वान गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को विद्युतीय प्रणाली (e-GP) मा सुरक्षा जोखिम उच्च रहेको र हाल प्रणाली सुधार तथा मर्मतसम्भार भइरहेकाले अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन प्रणाली स्थगन गरिएको छ। सोही निर्देशन अनुसार कार्यालयले हाललाई Hard Copy (कागजी) मार्फत नै खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

यस योजना अन्तर्गत नरहरिनाथ, सान्नित्रिवेणी, रास्कोटी र पचालझरना पालिकाका विभिन्न विद्यालयहरूमा दुई कोठे तथा चार कोठे भवन निर्माण गरिनेछ। जस अनुसार रास्कोटी-१ रामपुरस्थित सुन्दर आधारभूत विद्यालयको ४ कोठे भवन निर्माणका लागि अनुमानित रु. ५१ लाख ८० हजार ६४४ र नरहरिनाथ-४ लाहास्थित रामचन्द्र आधारभूत विद्यालयको २ कोठे भवनका लागि रु. ६८ लाख १९ हजार ८६४ लागत तय गरिएको छ।

त्यसैगरी नरहरिनाथ-९ लालुको शान्ति आधारभूत विद्यालयका लागि रु. ४३ लाख १९ हजार ८६०, पचालझरना-५ खिनास्थित कर्णाली माध्यमिक विद्यालयका लागि रु. ४३ लाख १७ हजार ७१ र सान्नित्रिवेणी-३ लुयाटास्थित विद्याज्योति माध्यमिक विद्यालयका लागि रु. ३४ लाख ५५ हजार २० लागत अनुमान गरिएको छ। सान्नित्रिवेणी-६ बुढागाउँको सरस्वती माध्यमिक विद्यालयका लागि रु. ३८ लाख ८६ हजार ५३० र नरहरिनाथ-४ गोठिमुलास्थित विश्वकुना माध्यमिक विद्यालयका लागि रु. ३४ लाख ५५ हजार १३९ बराबरको आयोजना पेश गरिएको छ।

इच्छुक बोलपत्रदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कार्यालयको राजस्व खातामा नियमानुसारको बोलपत्र दस्तुर (रु. ३,०००) जम्मा गरी सोको सक्कल भौचर पेश गरेर कार्यालयबाट नमुना बोलपत्र (Bid Document) प्राप्त गर्न सक्नेछन्। भरिएका सिलबन्दी बोलपत्र कागजातहरू २०८३ साल असोज १९ गते दिउँसो १२:०० बजेसम्म सामाजिक विकास कार्यालय कालीकोटमा दर्ता गरिसक्नुपर्नेछ।

दर्ता भएका बोलपत्रहरू सोही दिन असोज १९ गते दिउँसो २:०० बजे निर्माण व्यवसायी वा तिनका प्रतिनिधिहरूको उपस्थितिमा कार्यालयमै खोलिनेछ। बोलपत्र पेश गर्दा तोकिएको धरौटी रकम (Bid Security) बैंक खातामा जम्मा गरी भौचर वा मान्यता प्राप्त बैंकको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ। बोलपत्र सम्बन्धी थप विस्तृत जानकारी र सर्तहरू कार्यालयको फोन नम्बर वा आधिकारिक वेबसाइट मार्फत प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार