Loading

खाँडाचक्रको दाहामा अटो दुर्घटना: दुई वर्षीय बालकको निधन

खाँडाचक्रको दाहामा अटो दुर्घटना: दुई वर्षीय बालकको निधन

कालीकोट भाद्र २९ गते । कालीकोटको खाँडाचक्र नगरपालिका-६ स्थित दाहामा रोकिराखेको अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। स्थानीयका अनुसार पार्किङ गरी राखिएको अटोलाई बालबालिकाहरूले धकेल्दा उक्त अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा खाँडाचक्र नगरपालिका-६ जिउनुवाडा निवासी कलम शाहीका दुई वर्षीय छोराको घटनास्थलमै निधन भएको हो।रोकिराखेको अटो अकास्मात् खसेर कलिलो उमेरमै बालकको ज्यान गएपछि सिङ्गो जिउनुवाडा गाउँ शोकमा डुबेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार