Loading

कर्णालीसहित देशभर साधारणतया बादल लाग्ने, विभिन्न प्रदेशमा मेघगर्जन र भारी वर्षाको सम्भावना

कर्णालीसहित देशभर साधारणतया बादल लाग्ने, विभिन्न प्रदेशमा मेघगर्जन र भारी वर्षाको सम्भावना

कालीकाेट, भाद्र २९ गते । आज २०८३ भदौ २९ गते सोमबार देशभर साधारणतया बादल लाग्ने तथा कर्णालीसहित विभिन्न प्रदेशका पहाडी, हिमाली र तराई भेगमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ।

तराई क्षेत्रतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। विशेषगरी कर्णाली र कोशी प्रदेशका पहाडी भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

यसैगरी आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। देशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षा हुने पूर्वानुमान छ। रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार